धर्म किनेर राष्ट्रिय एकतालाई कमजोर पारियो: कमल थापा

 

मंसिर २६, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले गरिब नेपालीलाई लोभलालचमा फसाएर धर्म परिवर्तन गराइएको आरोप लगाएका छन् । 

बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नेपाली जनताको गरिबी र अशिक्षाको फाइदा उठाउँदै पश्चिमी राष्ट्रहरुले नेपालीहरुले पुस्तौँदेखि मान्दै आएका सनातन हिन्दू धर्म परिवर्तन गराउन अर्बौं लगानी गरिरहेको आरोप लगाएका हुन् । 

null

‘राष्ट्र धर्म निरपेक्ष भएपछि १२ वर्षमा १० लाख नेपालीलाई संगठित र योजनाबद्ध तरिकाले धर्म परिवर्तन गराइएको छ’, उनले भने, ‘पैसाले धर्म किनेर नेपाली राष्ट्रिय एकतालाई कमजोर पारिएको छ ।’ 

यसअघि सरकारकै संलग्नतामा ‘एसिया प्याफिक समिट’ का नाममा काठमाडौँमा भएको सम्मेलनको पनि अध्यक्ष थापाले विरोध गरे । उनले यस्ता कार्यक्रमले सनातन हिन्दू धर्ममा आस्था राख्ने नेपालीहरुमाथि गम्भीर चोट पुर्याएको बताए । 

सरकारको संलग्नतामा भएको यस्ता कार्यक्रमले नेपालको धार्मिक, साँस्कृतिक अवस्था खल्बलिने उनको भनाइ थियो । 

धर्मजस्तो विषयमा जनमत संग्रह गर्न नहुने भन्दै अध्यक्ष थापाले जतमत संग्रहमा जानै पर्ने अवस्था आएको बताए । ‘जनमत संग्रहले ९० प्रतिशत जनता हिन्दू राष्ट्रको पक्षमा उभिने छन्’, उनले भने । 

राप्रपाले देशव्यापी रुपमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न जनदबाब कार्यक्रम गरिरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =