जाडो मौसममा हृदयघात हुने सम्भावना बढी र यसबाट बच्ने उपाय

आजभोली हृदयघात हुने संख्या दिनानु बढ्दै गईरहेको छ । यो जाडोको मौसममा झन् बढी हृदयघात हुने सम्भावना हुन्छ । अझ तराईतिर त झन् शीतलहर झ्र्ने हुन्छ । उच्च पहाडी तथा हिमाली भेगतिर हिमपात सुरु भइसकेको छ । यी ठाउँतिर अत्याधिक चिसोको कारण वर्षेनी धेरै व्यक्तिको मृत्यु हुने गरेको पाईन्छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताउँछन् । 

विभिन्न अध्ययनले पनि जाडोको समयमा नै हृदयघात हुने र मुटुका बिरामी समस्यामा पर्ने गरेको देखाएको छ । चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क घात हुने र मुटु बिगे्रका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने गर्दछ । चिसोले फोक्सोमा असर गर्ने हुँदा रक्तसञ्चार प्रवाहमा असर पर्न जान्छ । जसले गर्दा मुटुका रोगीलाई समस्या हुने गर्दछ । 

श्वासप्रश्वास नलीबाट ब्याक्टेरिया जाडो महिनामा नै पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टर बताउँछन् । कतिपयले चिसोमा बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि मुटुको रक्तचाप बढे्र हृदयघात भएको पाईन्छ । हृदयघात हुनबाट बच्न हामीले खाने कुराहरुमा पनि ध्यान दिनु पर्ने हुन्छ । 

null

हृदयघातबाट बच्चे उपाय– जाडो मौसममा शरीर ढाक्ने गरी बाक्लो लुगा लगाउँनुहोस्– उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने ।– छाती दुख्ने समस्या छ भने समयमै अस्पतामा स्वास्थ्य परीक्षण गराउने ।– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने ।– समय समयमा मुटु परीक्षण गराउने ।– आफुलाई तनावमा नराख्ने ।– खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गर्ने गर्नुपर्छ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गर्नुपर्छ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।– शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।– कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *