ए डिभिजन लिग: आर्मीले ब्रिगेड ब्वाइजसँग खेल्ने, शीर्ष स्थानको मनाङले जितविहिन र गोलविहिन मछिन्द्रको सामना गर्ने

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजसँग खेल्नेछ भने दोस्रोमा शीर्ष स्थानको मनाङ मर्स्याङदीले मछिन्द्रको सामना गर्नेछ । आर्मीले यस सिजन लिगको सातौं चरणसम्म आइपुग्दा ४ जित र २ बराबरीको नतिजा हासिल गरेको छ । 

यस खेलका लागि कप्तान भरत खवास टोलीमा फर्केका छन् । ब्रिगेड ब्वाइजले ६ खेलको समापन हुँदा १ जित र १ बराबर खेल्दै ४ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज आजको खेलमा पराजित भए एक स्थान तल झर्नेछ । 

दोस्रो खेलमा मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्नेछ । जारी लिगमा मछिन्द्र गोल गर्न नसक्ने एकमात्र टोली हो । यसका बाबजुद मछिन्द्रले लिगमा ७ गोल मात्र खाएको छ । ६ खेलमा ३ बराबर र ३ हारसहित टोलीले ३ अंक जोडिसकेको छ । 

null

मनाङले पछिल्लो खेलमा जावलाखेललाई हराउन निकै कसरत गर्नुपर्यो । अन्जन विष्टको पेनाल्टी गोलमा मनाङ विजयी भएको थियो । मछिन्द्रले पुलिस र च्यासलबाट अंक खोस्दै लिगमा राम्रो सुरुवात गरेको थियो । 

मनाङले पनि मछिन्द्रबाट बच्न सकेसम्म चाँडो गोल गर्नुपर्ने देखिन्छ । दुई विदेशी फरवार्ड उतारेको मनाङको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *