वातावरण संरक्षण गर्न ज्ञापनपत्र

मंसिर १७, धरान । धरानको वातावरण तथा जलधार क्षेत्रको संरक्षण गर्न वातावरण तथा पर्यटन विकास केन्द (सेड नेपाल) ले आईतबार धरान उपमहानगरपालिकाको कावा नगर प्रमुख समक्ष ३ बुंदे ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्रमा चारकोसे जंगलभित्र फालिने फोहोर मैलामा आगो लगाएर नगरलाई प्रदुषण गर्नुको साथै जंगलको जीवजन्तु वनस्पतीमा नराम्रो असर पुगेको हुनाले त्यस क्षेत्रमा आगो लगाउने र सडकको किनारमा मरेका जीवजन्तु तथा फोहोरमैला फाल्ने कार्य तुरुन्त रोक्नुपर्ने माग गरीएको छ । 

यसैगरी धरानको पानीको स्रोत सर्दु जलाधार क्षेत्रलाई दिर्घकालीन संरक्षण गर्नको लागी धरान एकिकृत जलाधार क्षेत्र संरक्षण समिति गठन गरी कार्य अघि बढाउन माग राखिएको छ । 

null

त्यस्तै धरानका जलाधार क्षेत्रको शिरान र वरीवरीका वार्डहरुले डोजर लगाएर जथाभावी सडक निर्माण गरी त्यहाको वोट विरुवा मास्ने र जलधारका कुवा पुरीने, जीवजन्तुको वासस्थानमा गम्भीर असर पर्न थालेको हुनाले अब उप्रान्त त्यस क्षेत्रमा कुनै पनि भौतिक निर्माण तथा सडक निर्माण गर्नुपर्दा अनिवार्य रुपले वातावरण प्रभाव मुल्यांकन गरी काम गर्न गराउन अनुरोध गरीएको छ । 

यसअघि २०७५ साल बैशाख १५ गते पनि सेड नेपालले तत्कालिन नगर प्रमुख तारा सुव्वा समक्ष यिनै मागहरु राखेर ज्ञापनपत्र दिएको स्मरण गराउँदै सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले अब पनि यस विषयमा उपमहानगरपालिकाले ठोस कदम नचालेमा वातारण बचाऔँ भद्र आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । 

ज्ञापनपत्र दिन गएका सो टोलीलाई सम्बोधन गर्दै कावा नगर प्रमुख भण्डारीले सबै माग जायज भएको र जंगलभित्र आगो लगाउने काम भोली देखि नै बन्द गराउन २ जना चौकिदारहरुको व्यवस्था भईसकेको बताइन् । साथै जलाधार क्षेत्रको सरक्षणमा उपमहानगर पालिका गम्भीर रहेको बताएकी थिइन् । 

यसैगरी धरानको भानुचोक स्थित सार्वजनिक शौचालयको अव्यवस्था, भानुचोक देखि छाताचोक सम्म राखिएको फुलका गमला व्यवस्थित गराउन पनि टोली सदस्यहरुले ध्यानकर्षण गराएका थिए । 

ज्ञापनपत्र बुझाउन सेड नेपालका सदस्य दिपक थापा, लक्ष्मी प्रधान, निर्मला सिवाकोटि, चन्द नेपाल , इन्जिनियर महेश प्रधानको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *