तीन देशका राजदूत फिर्ता बोलाइयो, पाँच देशमा परराष्ट्र मन्त्रालयका अधिकारी सिफारिस

 

पुस १२, काठमाडौँ । सरकारले पाँच देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सरकारले रिक्त रहेका विभिन्न देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । 

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो । 

null

त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । 

उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । 

यस्तै काठमाडौँ उपत्यकाका लागि आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने भएको छ । 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न सरकारले विद्युतीय बस किन्न लागेको जानकारी गराए । भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको पनि उनले जानकारी दिए । 

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्मन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदसमक्ष पेश गर्न पनि स्वीकृति दिएको छ । 

जोखिमयुक्त बस्ती स्थान्तरण तथा एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, जनता आवास कार्यविधि कार्यान्वयन २०७५ पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ । 

यस्तै मन्त्रिपरिषदले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८९ विभिन्न अधिकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरुलाई प्रत्यायोजन गर्न र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि स्वीकृति दिएको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =