जोशी हाइड्रोपावरको आइपीओ आजदेखी खुल्दै

काठमाडौं । जोशी हाइड्रो पावर कम्पनीले सय रुपैयाँ मूल्य अंकित १६ करोड ९० लाख ४७ हजार रुपैयाँको १६ लाख ९० हजार ४ सय ७० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १६ गतेबाट सेयर निष्कासन गर्न कम्पनीलाई स्वीकृति दिएको हो । 

कम्पनीले इलाममा ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ । सर्वसाधारणले छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम ५० कित्ता र अधिकतम ८ लाख कित्तासम्म खरिद गर्न आवेदन दिन सकिनेछ । कम्पनीका अनुसार निष्कासन हुने १४ करोड ४८ लाख ४६ हजार रुपैयाँको १४ लाख ४८ हजार ४ सय ६० कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ । 

बाँकी २ करोड ४२ लाख १ हजार रुपैयाँको २ लाख ४२ हजार १० कित्ता इलामबासीका लागि छुट्याइएको छ । स्थानीयबासीका लागि छुट्याएको तर बिक्री नभएको सेयरसमेत सर्वसाधारणलाई उपलब्ध गराउने गरी मिलान गरिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ । 

null

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको थियो । यसको बाँडफाँड भइसकेको छ । कम्पनीले इलाममा निर्माण गरेको पुवाखोलाले २०७१ माघ १ गतेबाट व्यावसायिकरूपमा विद्युत उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *