धरानमा पैँतिस किलोको योमरी प्रदर्शनी सँग महोत्सव सकियो

धरान,सुनसरी । 

नयाँ“ अन्न बाली तन्काएसँगै नयाँ नयाँ परिकार खाने प्रचलन जनजातिहरूमध्ये रहेका छन् । त्यसमा पनि एक जाती नेवार समुदायको मौलिक खानेकुरा मानिएको योमरी लाइन नेवार समुदायले विशेष महत्त्व दिइने गरेको छ । यही सन्दर्भमा सुनसरीको धरान धरान १२ छाता चोक स्थित शुक्रवार देखी सुरु भएको दुई दिने योमरी महोत्सव शनिवार सकिएको छ । 

छाता चौक नजिक रिजाल कित्तामा आयोजित उत्सवमा ३५ किलो ग्रामको योमरी सबैको आकर्षण विन्दु बनेको थियो । यसअघि राजधानी काठमाडौँ मात्र आयोजना गरिने योमरी उत्सवमा ठुला ठुला योमरी प्रदर्शन गरिएको हुन्थ्यो । 

null

तर यता सुनसररीको धरानमा बनाइएको योमरी अहिले सम्मको सबै भन्दा ठुलो योमरी भएको दाबी गरिएको छ । उक्त तग्वः योमरी नाम दिइएको बस्तुको तौल ३५ केजी थियो भने ३० इन्च अग्लो र १७ इन्च गोलाईको थियो ।तग्वः योमरी धरानको नेवारी संस्था पासा खलले बनाएको हो । नेवा देव दब धरान नगर समितिद्धारा आयोजित सातौँ योमरी सांस्कृतिक उत्सवको उद्घाटनको दिन आउने सहभागीहरू उक्त ठुलो तग्वः योमरीको नजिक उभिएर फोटो खिचाउन लालियत देखिन्थे । धेरैले योमरी सँग सेल्फी लिए र स्टलमा उक्त योमरी बारे सोधपुछ गरे पनि । 

नेवार समुदायले उधौलीको रूपमा मनाउने योमरी पुन्हीको अवसरमा उत्सव आयोजना गरिएको थियो । नेवार समुदायमा योमरीको विशेष महत्त्व रहेको पाइन्छ । यस दिन चामलको पीठोमा चाकु लगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी हो । 

योमरी बनाएर खाने गरिएकाले यस चाडको नाम योमरी पुन्ही नामकरण भएको हो । आदिवासी जनजाति समुदाय प्रकृति पुज क भएकाले कुनैपन नयाँ अन्न बाली ईश्वरलाई चढाएर खाने परम्परा रहेको आदिवासी जनजाति अगुवाहरू बताउँछन् ।नेवार जातीको शुभकार्यमा योमरी नभई नहुने परिकार हो । यो स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । योमरी तिल, चाकु, सकर राखेर बनाउने गरिन्छ । योमरी पुन्हीका दिन नयाँ अन्न राखिएको भकारी तथा अन्नका भण्डारमा योमरी सहित लक्ष्मी, गणेश, कुवेर आदि बनाई धानको भकारीमा चढाइने गरिन्छ । 

योमरी चढाएपछि मात्र खाने चलन रहेको छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने विश्वास रहिआएको छ । यस दिन नेवार समुदायले आफ्ना गाउँ, टोल छिमेकमा योमरी भाकाको गीत गाउँदै योमरी माग्ने चलन पनि छ । तर पछिल्लो समय भने यस्तो भाकाहरू हराउँदै गएको छ । 

धरानमा नेवार जातीको मौलिक संस्कार संस्कृति संरक्षण गर्न नेवा मुक्ति मोर्चाले २०६८ सालबाट योमरी उत्सव सुरु गरेको तथ्याङक छ । पछिल्लो पटक नेवा दे दवुको भातृ सङ्गठन नेवा ल्हाम पु चले उत्सवलाई निरन्तरता दिँदै आएको थियो । यस वर्ष भने नेवा देव दब धरानका अध्यक्ष दीपेश श्रेष्ठको असामयीक निधन भएकाले अभिभावक संस्था नेवा देव दब धरानले आयोजना गरेको हो । नेवा देव दब धरानका अध्यक्ष मनोहर शाक्यका अनुसार नेवार समुदाय प्रकृति पुज क भएकाले नयाँ अन्न बाली चढाएर खाने साथै योमरीलाई पौष्टिक आहाराको रूपमा खाने गरेको बताउनुभयो । नयाँ पुस्तामा मौलिकता हराउँदै गएको भन्दै उनले ‘योमरी पर्वलाई नयाँ पुस्ताले संरक्षण गर्न सक्नुपर्दछ बताए । 

मौलिक चाड संरक्षणका लागी स्थानीय देखी सङ्घीय सरकार सम्म बहसको विषयमा बन्नुपर्ने उनको कथन छ । मौलिक संस्कार संस्कृतिको रूपमा रहेको योमरी पून्हीको अवसरमा आयोजित उत्सवको प्रदेश १ की सांसद सावित्री श्रेष्ठले उद्घाटन गरेकी हुन् भने उत्सवमा नेवारी परिकारहरू, लिक्ष्वीकालीन ३ सय वर्ष पुरानो इतिहास रहेको चर्या नृत्य, खुकुरी नृत्य, बज्रयोगीनि, मञ्जुश्री, काल भैरव, कुमारी नृत्य लगायत नेत्यहरु प्रस्तुत गरिएको थियो । 

त्यस्तै नेवार समुदायका महिलाहरूको फेशन सो, बहुजातीय फेशन,आदिवासी जनजातिहरूको मौलिक नृत्य, धिमा बाजा प्रतियोगिता समेत आयोजना गरिएको थियो । साथै सोही उत्सवमा मानव स्वास्थ्यलाई ख्याल गर्दै न्युट्रीसन काउन्सिलिङ एन्ड रिसर्च प्रालिले मानिस कति सालको, कत्तिको बुढो हो भन्ने उसको जन्मेको सालले पत्ता लगाए पनि उसको तन्दुरूस्ती कस्तो छ, स्वस्थ कत्तिको छ, उसमा कति बोसो छ, मासु कति छ लगायतका स्वास्थ्य जानकारीहरू पनि पत्ता लगाउने गरेका थिए । सो विषयमा जानकारी दिनुहुँदै प्रांलिको दोस्रो प्रस्तुतिको रूपमा ल्याई इको कार्यक्रमलाई संयोजन भने प्रालिको प्रबन्ध निर्देशक प्रवीण भट टराई तथा अध्यक्ष कमल गुरागाईद्धयले जानकारी दिए ।त्यहाँ राखिएको शरीर जाँच्ने यन्त्र बाट १० मिनेटकै सामान्य जाँचले यस्तो पत्ता लाग्ने गरेको थियो भने त्यसैका आधारमा शरीरको उमेर कति हो पत्ता लाग्ने गरेको थियो 

  

पहिलो पटक स्टेडियोमिटर नामक मेसिनबाट उचाइ, तौल नापिन्छ, फेरी अर्को यन्त्रमा मानिस राखिन्छ, त्यहाँ खाली खुट्टा उभ्याएपछि व्यक्तिको उमेर, लिङ्ग र तौल नापिन्छ । यसले शरीर बुढो, जवान कस्तो देखिने हो देखाइदिने उनले बताए । 

न्यु टे«सन सम्बन्धी जानकारी गराउनुका साथै खानपानमा सचेत रहन सुझाव सहितको स्वास्थ्य परीक्षण गरिएको थियो ।उत्सवमा प्रदर्शन हुने चर्या नृत्यको छुट्टै महत्त्व रहेको बताईएपनि पछिल्लो समय यस महत्त्वपूर्ण सांस्कृतिक पर्व लोप हुँदै गएकाले संरक्षण गर्नुपर्ने उनको नेवार समुलायकै अगगुवहरुको भनाई छ । 

थप गुठी धरानका सदस्य वृद्ध अग्रज गोपाल श्रेष्ठका अनुसार नयाँ पाकेको अन्न बाली चढाएर खाने चलन भएकाले चामलको पिठोको विशेष परिकार नै योमरी हुने नगरेको बताए । योमरी उत्सवमा नेवारी खाने परिकारहरूका साथै विभिन्न पहिरनका गरी करिब २५ बटा स्टल राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *