इपीएलः भारतीय ब्याट्सम्यान चम्कदा ललितपुरको दोस्रो जित, पाेखराकाे दाेस्राे हार

 

मंसिर २४, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले लगातार दास्रो जित हात पारेको छ । 

सोमबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गर्दै ललितपुरले दोस्रो जित हात पारेको हो । भारतीय ब्याट्सम्यान गौरव तमोर र जय किशन कोल्शावाला चम्किएपछि ललितपुर विजयी भएको हो । 

null

पोखराले दिएको १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।  

ललितपुरका लागि विस्फोटक ब्याटिङ्ग गर्दै तमोरले ८२ रन जोडे । उनले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरे भने कोल्शावालाले ३८ बलमा ५१ रन जोडे । यस्तै ललितपुरका सन्नी पटेल २० तथा सोनु तामाङ ११ रनमा अविजित रहे । 

पोखराका सुसन भारी र पाउल कालिङले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल बनाएको थियो । 

पोखराका लागि लेभीले ८४ रनको योगदान गरे । आक्रामक ब्याटिङ गरेका ओपनर लेभीले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । तर पनि पाेखराले हार टार्न सकेन ।  विनोद भण्डारी ३४ रनमा अविजित रहे भने सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले ३ विकेट लिए । 

लगातार दोस्रो जित निकालेसंगै ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । 

पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा भैरहवासंग पराजित भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *