ए डिभिजन लिगः आर्मीद्वारा ब्रिगेड पराजित

 

मंसिर २४, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा विभागीय टोली आमीएले जित हात पारेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले जित हात हात पारेको हो । आर्मीलाई जित दिलाउन टङ्क बस्नेतले एक गोल गरे । खेलको ६७ औँ मिनेटमा गोल गर्दै बस्नेत नायक बने । 

null

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *