सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट, सिके राउत अब थुनामै

 

मंसिर १७, काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइका लागि परेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार सर्वोच्च अदालतले खारेज गरेको छ । 

राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै उनका आफन्त डाक्टर जयकान्त राउतले हालेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले खारेज गरेको हो। 

null

दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो। 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सिकेलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाउन समेत आदेश गरेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *