ए डिभिजन लिग –एपिएफले एनआरटीलाई हरायो

 

मंसिर १८, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको आजको छैटौं चरणको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै एपीएफले जित हात पारेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो भने एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । 

null

एपीएफलाई जिताउन युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । 

खेल शुरुवातीको पाँचौँ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक÷एक गोलको बराबरीलाई कायम गर्न सकेन । 

खेलको ७३ अाैँ मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे । 

जितसँगै एपीएफले सात अंक जोडी अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ । एनआरटी सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *