ए डिभिजन लिग अन्तर्गत छैटाैँ चरणका खेल हुँदै : एपीएफ र एनआरटी तथा पुलिस र सरस्वती भिड्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारदेखि छैटाैँ चरणका खेल हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा एपीएफ र न्यूरोड टिम एनआरटी खेल्नेछन् । 

एपीएफले एक जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ । 

सातदोबाटोकाे एन्फा कम्पलेक्समा हुने खेलमा एनआरटी लिगमा पहिलो जितको खोजिमा रहनेछ भने एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ ।  

null

दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिस र सरस्वती क्लब खेल्नेछन् । 

नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै १० अंक जोडेको छ भने सरस्वतीले भने ३ खेलमा हार, २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।  

अहिलेसम्म छैठौँ चरण सम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने पहिलो खेलमा बराबरी र चार वटै खेलमा जित दर्ता गरेको आर्मी भने १३ अंक सहित दोस्रो स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *