निर्मलाका निम्ति न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा

मंसिर १९, काठमाडौँ । बलात्कापछि हत्या गरिएकी निर्मलाका न्यायका लागि देशभरका नेपाली लडिरहेका छन् ।
हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा तथा बलात्कारी पत्ता लाग्न नसकेका कारण बालबालिका देखि युवा, महिला अधिकारकर्मी तथा राजनीतिक दलहरुले प्रदर्शन गर्दै आइरहेका छन् । तर सरकारले यसमा चासो नदिएको सबैको आरोप छ ।
null
आज (बुधबार) पनि निर्मलाको न्यायका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले निर्मलाका न्यायका लागि आवाज उठाउँदै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा संलग्न विद्यार्थीहरुले ‘भ्रष्टारी सरकार, कहिले रोक्छस् बलात्कार ?, अन्धो मात्रै थियो, बहिरो पनि भएछ कानुन !, निर्मलालाई न्याय दे, हामी न्याय चाहन्छौँ, यो राजनीति हो कि राक्षस् नीति, सरकार भेटियो न्याय भेटिएन’ लेखेका प्लेकार्ड बोकी नारा लगाएका छन् ।
मंगलबार पनि निर्मलाका लागि न्यायको माग गर्दै कञ्चनपुरमा महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयअघि विरोध प्रदर्शन गरेका थिए । धर्नासँगै थप दबाब दिन महिलाहरू कार्यालयअघिको सडकमै सुते ।








