आफ्नै मैदानमा टोटनह्यामको कठिन जित

टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ ।शनिबार राति भएको खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सन नायक सावित भए । उनकै गोलमा टोटनह्यामले जित हात पारेको हो ।  

टोटनह्यामले जित हात पार्नका लागि अन्तिम समयमा मात्रै गोल गरेको थियो । पहिलो हाफमा बराबरी खेलेको टोटनह्यामले खेलको अतिक्ति समयमा एरिक्सनले गोल गरेका थिए । 

null

जितसँगै तेस्रो स्थानमा रहेको टोटेनहमले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नेलीको भने १७ अंक रहेको छ । 

शनिबार राति नै भएका अन्य खेलमा न्युक्यासलले हडर्सफिल्डलाई १–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, क्रिष्टल प्लालेसले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गर्दा वुल्भ्सले बर्नेमाउथलाई २–० ले र वाटफोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *