इपिएल क्रिकेटः विराटनगरलाई हराए काठमाडौं सिधै क्वालिफायर

काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गत लिगका अन्तिम चरणका खेल आज हुँदैछन् । टियुु क्रिकेट मैदानमा इपिएल टी–२० क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले कठिन संघर्ष गर्दैछ । 

प्लेअफमा स्थान बनाउनका लागि सोमबारको खेलमा काठमाडौं किंग्स इलाभेनलाई जित्नै पर्ने दवावमा विराटनगर रहेको छ । तर प्ले अफमा स्तान बनाइसकेको काठमाडौं भने अर्को दाउमा छ, सिधै क्वालिफायरमा पुुग्ने । यही खेलले क्वालिफायर हुने र प्ले अफमा पुुग्ने टोलिको टुुंगो लाग्ने छ । यो खेल पउने एक बजे सुुरु हुुनेछ । 

पहिलो खेलमा विराटनगरसँगै पराजित भएको ललितपुर भने सिधै क्वालिफायरका लागि छनोट भइसकेको छ । प्ले अफमा स्थान बनाइसकेका भैरहवा र काठमाडौं मध्ये एक टोलि अब क्वालिफायर हुने छ । 

null

पोखरा बाहिरिसकेको छ भने चितवन विराटनगरको नतिजा पर्खिरहेको छ । विराटनगर फराकिलो अन्त्रमा पराजित भए चितवन रनरेटका आधारमा प्ले अफमा पुुग्नसक्छ । 

चितवन र विराटनगरको समान ४ अंक भएपनि विराटनगरको रन रेट राम्रो छ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा भएपनि आजको खेल जिते ५ खेलबाट ८ अंक जोड्दै शीर्ष दुई स्थानमा पुुग्ने छ । 

इपिएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । विजेता टोलि सिधै फाइनलमा पुुग्दा पराजित टोलि प्लेआफको विजेतासँग खेल्ने छ । त्यो खेलको विजेता फाइनलमा पुुग्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *