अशक्त बालबालिकालाई राउण्ड टेबल ५ ले दियो सहयोग सामग्री

मंसिर १८, विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा विराटनगर राउण्ड टेबल नं. ५ ले शारीरिक रुपमा अशक्त बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । 

राउण्ड टेबलले सिबिआर विराटनगरमा रहेका १० जना अशक्त बालबालिकालाई स्ट्याण्डिङ चेयर, रोल्याटर वाकर लगायतका सामग्री प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए । 

कार्यक्रममा बोल्दै प्रदेश १. का सामाजिक मन्त्रालयका सचिव हरि दाहालले अपाङ्गता भएका बालबालिकालाई क्लबले गरेको सहयोगको प्रशंसा गरे । 

null

कार्यक्रममा राउण्ड टेबलका नेसनल एडिटर नवीन झुनभुनवाला, क्लवका एरिया टु का कोअर्डिनेटर रिषभ दाहाल लगायतले यस्ता कार्यक्रमले सामाजिक सेवाप्रतिको लगाव बढ्ने बताए । 

राउण्ड टेबलले यसअघि पनि विभिन्न स्कूल तथा आश्रममा सेवामुलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिने क्लबका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *