च्याम्पियन्स लिगः आज राति समूहचरणको अन्तिम भिडन्त, केही ढुक्क, कोही गर या मरको अबस्थामा

एजेन्सी। च्याम्पियन्स लिग फुटबलका समुह चरणका अन्तिम खेल मंगलबार र बुधबार हुँदैछन् । मंगलबार केही ठूला टोली आमनेसामने हुँदै गर्दा उनीहरुको अघिल्लो चरणको यात्रा पनि धरमरमै छ । तर केही ढुक्क छन् । केही टोलि अर्को मामिलामा ढुक्क छन् उनीहरु यसअघि नै बाहिरिसकेका छन् । 

बार्सिलोना यस्तै ढुक्क मध्यको टोलि हो । उसले समूह बिजेताका रुपमा आफूलाई सुनिश्चित गरिसकेको छ । तर यही समुहका दुइृ टोलि टोटनह्याम र इन्टरमिलानको भने आज राति नै भविश्य तय हुन्छ । अर्को चर्चित टोली पिएसजी, लिभरपुल र नेपोलीको पनि अघिल्लो यात्रा आज रातिकै खेलबाट मात्रै टुंगो लाग्छ । यो समुहबाट रेडस्टार भने बाहिरिसकेको छ । 

कुन समुहमा कस्तो अवस्था ? 

null

समुह ए  

एट्लेटिको मड्रिडले क्लब ब्रुजसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । यही समुहमा रहेको बोरुसिया टर्डमण्डले एस मोनाकोसँग सोही समयमा खेल्नेछ । यो समुहबाट एट्लेटिको र डर्टमन्ड अघिल्लो चरण प्रवेश गर्ने निश्चित भएको छ । 

शिर्ष स्थानमा रहेको एट्लेटिकोले १२ अंक जोड्दा दोस्रो स्थानको डर्टमन्डले १० अंक जोडको छ । क्लब ब्रुज पाँच अंक जोडेर तेस्रो स्थानमा रहँदा पुछारको मोनाकोले केवल १ अंक जोड्न सकेको छ । 

समुह बी 

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा टोटनह्यामको सामना गर्नेछ । यो खेल पनि राति १ः४५ मा नै सुरु हुनेछ । यो समुहबाट बार्सिलोना समुह विजेताकारुपमा नकआउट चरणमा पुगेको छ । उसले १३ अंक जोडेको छ । टोटनह्यामले भने अघिल्लो चरण प्रवेशका लागि यो खेल नै कुर्नुपर्नेछ । किनकी टोटनह्याम र इन्टर मिलानले समान ७ अंक जोडेका छन् ।अवे गोलका आधारमा मात्रै टोटनह्याम दोस्रो स्थानमा छ । 

इन्टरले सोही समयमा पिएसभीसँग खेल्नेछ । यदी टोटनह्यामले बार्सिलोनालाई हराएमा अघिल्लो चरणमा स्थान बनाउनेछ । इन्टरले भने जित दर्ता गर्दै टोटनह्याम रोकिएको खण्डमा मात्रै अघिल्लो चरणमा स्थान बनाउनेछ । १ अंक जोडेको पिएसभी यसअघि नै प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ । 

समुह सी  

यो समूहमा यसै भन्न सक्ने अवस्थामा छैन । किनकी यो समुहमा रहेका नेपोली, पिएसजी र लिभरपुल तीनै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । यो समुहका सबै खेल राति १ः४५ मा सुरु हुनेछन् । शिर्ष स्थानमा रहेको नेपोलीले ९ अंक जोड्दा दोस्रो स्थानको पिएसजीले ८ अंक जोडेको छ । 

तेस्रो स्थानको लिभरपुले ६ अंक जोडेको छ भने चौथो स्थानको रेडस्टारले ४ अंक जोडेको छ । समुह चरणको अन्तिम खेलमा लिभरपुलले नेपोलीसँग र पिएसजीले रेडस्टारसँग खेल्दैछन् । यदी पिएसजीले हारेमा र लिभरपुलले नेपोलीलाई हराएमा नेपोली र लिभरपुल अघि बढ्नेछन् । 

लिभरपुल जितेर पीएसजी बराबरी भएमा लिभरपुल अगाडी जाने पक्का हुनेछ भने पीएसजी र नेपोलीमा गोलअन्तरको आधारमा दोस्रो स्थानको टोली टुङ्गो लाग्नेछ । 

समुह डी  

यो समूहका खेल भने राति ११ः४० मा हुनेछन् । समुह चरणको अन्तिम खेलमा साल्का विरुद्ध लोकोमोटीभ् मस्को, गालाटासरे विरुद्ध पोर्टो मैदान उत्रँदैछन् । यो समुहबाट पोर्टो समुह विजेताकारुपमा अघिल्लो चरण प्रवेश गर्ने पक्का भइसकेको छ । 

उसले १२ अंक जोडेको छ । साल्काले ८ अंक जोडेर दोस्रो स्थानमा रहँदा गालाटासरेले ४ र लोकोमोटीभ् मस्कोले तीन अंक जोडेको छ । 

समुह ई देखि एचसम्मका खेल भने बुधबार राति हुनेछन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *