इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै भएको आन्दोलनमा तीन जनाको मृत्यु

एजेन्सी। इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै फ्रान्समा जारी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ । फ्रान्सको मार्सेली शहरमा अश्रृग्यासले लागेका ८० वर्षिय वृद्धाको मृत्यु भएपछि सो संख्या तीन पुगेको हो । 

आन्दोलन भईरहेको स्थान नजिकै बस्ने उनलाई घरको सटर बन्द गर्ने क्रममा अश्रृग्यासले लागेको बीबीसीले उल्लेख गरेको छ । 

इन्धनको मूल्यवृद्धिले जिवनस्तरमा असर पुग्ने भन्दै तीन सातायता हरेक सप्ताहन्तमा फ्रान्सका विभिन्न शहरमा आन्दोलन भईरहेको छ । एल्लोभेष्ट आन्दोलनमा १ लाख ३६ हजार मानिस एकै दिन सहभागी भएको फ्रान्सको अन्तरिम मन्त्रालयले जनाएको छ । 

null

आन्दोलनका कारण एक सय भन्दा बढी विद्यालय समेत बन्द भएकाले मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रपति ईम्यानुअल माक्रो माथि दबाब बढेको छ । 

न्दोलन चर्किएका कारण फ्रान्स सरकारले आपतकालिन बैठक समेत बोलाएको छ । सन् २०१९ को जनवरी १ देखी लागु हुने गरी हाईड्रो कार्बन करका नामबाट फ्रान्स सरकारले डिजलमा ६ दशमलभ ५ सेन्ट र पेट्रोलमा २ दशलमभ ९ सेन्ट बृद्धिको निर्णय गरिएको छ । 

विश्व बजारमा ईन्धनको मुल्य घट्दा झनै मुल्य बढेको भन्दै फ्रान्सेली आन्दोलित भएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *