पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी

 

मंसिर १९, विराटनगर । एक नम्बर प्रदेश सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । 

प्रदेश सरकारले अधिवेशन आह्वान गर्नका लागि आवश्यक परामर्श समेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुषको दोश्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ सरकारले सोही अनुसार आवश्यक परामर्श अघि बढाइएको जानकारी दिए । 

null

बर्खे अधिवेशन अन्त्य भएको लामो समय भएको बताउँदै अब चाडै हिउँदे अधिवेशन बोलाउने तयारी सरकारको रहेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले हिउँदे अधिवेशनबाट धेरै कानुन बनाउनुपर्ने भएकाले पनि अधिवेशन डाक्न बिलम्ब गर्न नहुनेमा सरकार रहेको जानकारी दिए । 

उनले एक नं प्रदेश सरकारले नाम र स्थायी राजधानीको विषय हिउँदे अधिवेशनबाट टुंग्याउने भएको छ । हिउँदे अधिवेशनको पहिलो या दोश्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको विषयलाई बैठकमा प्रवेश गराउने सरकारको तयारी छ । 

मुख्यमन्त्री राईले सबै दलसँगको सहमतिमा अब बस्ने प्रदेश सभाको बैठकमा नाम र स्थायी राजधानीको विषयलाई प्रवेश गराउने तयारीमा सरकार रहेको जानकारी दिए । 

प्रदेश सरकार गठन भएको करिब १० महिना हुन लाग्दापनि अहिलेसम्म प्रदेशको नाम र राजधानीको टुङ्घो लाग्ने कुरा अलपत्र छ । ७ माघ मा एक नं प्रदेश सरकार गठन भएको थियो । राजधानी र प्रदेशको नामबारे बहस र छलफल व्यापक भएपनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन । 

१ नम्बर प्रदेशसभाको बर्खे अधिवेशन २३ आश्विनमा अन्त्य भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार २२ माघमा पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । दोश्रो अधिवेशनको अन्त्य हुँदासम्म प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरिसकेको छ । प्रदेश सभा नबस्दा सांसदहरु फुसर्दिला देखिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =