‘लोकप्रियता सुधार्न ‘ब्लेसिङ’ होइन, निर्मलाका हत्यारा सार्वजनिक गर्नोस् !’

मंसिर १७, काठमाडौँ । यतिबेला चर्चामा रहेको विषय भनेको निर्मला पन्त बलात्कार तथा हत्या काण्ड, एसिया प्यासेफिक समिट र सामाजिक सुरक्षा कोषमा प्रधानमन्त्रीको तामझाम । 

विवादास्पद संस्था युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ) बाट प्रधानमन्त्री केपी ओलीले सम्मान थापेकोमा सर्वत्र आलोचना भएको छ । 

यसैबीच सर्वत्र आलोचना खेपेका प्रधानमन्त्रीलाई नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केही सुझाव दिएका छन् । 

null

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिएर आफ्नो अलोकप्रियता र छवि सुधार्न सुझाव दिएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमलाई सानो सुझाव–आफ्नो खस्कँदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’ का छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटोको सट्टा अहिले प्रत्यक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी तथा हत्यारा छिटो सार्वजनिक गर्नोस् न ! प्रमाण मेटाउनेलाई २ घण्टा केरकार गरे अरु झन्झटै पर्दैन !’ 

एसिया प्यासिफिक समिटको समापन समारोहमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड लिडरसिपि एण्ड गभर्नेन्स’ पुरस्कार प्रदान गरिएको थियो । 

सम्मेलन हुनु अगावै विवादस्पद बनेको क्रिश्चियन संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ) की प्रमुख हक जा हन मुनले प्रधानमन्त्री केपी शर्मा सो पुरस्कार प्रदान गरेपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *