निर्मला हत्या प्रकरणः काठमाडौँबाट पक्राउ परे २२ वर्षीय युवक

मंसिर १९, काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा संलग्न रहेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् । 

पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । 

विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवा भारत गएको उनका परिवारका सदस्यले बताउँदै आएका थिए । 

null

तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । ती युवाको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको बताइएको छ । 

प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *