विमानस्थलमा रोकिएका ४४ नेपालीलाई मस्को जान अनुमती

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेका ४४ जना नेपालीले यात्रा अनुमति पाउने भएका छन्। अध्यागमले प्रस्थान अनुमति (डिपार्चर) दिन इन्कार गरेपछि रोकिएका उनीहरूको यात्रा अनुमतिसम्बन्धी कागजातको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरेको थियो। 

दुबईको सारजाह हुँदै रुसको मस्को जान लागेका उनीहरूको यात्रा र कागजपत्र शंकास्पद देखिएपछि अध्यागमनले उनीहरूलाई अघिल्लो आइतबार फिर्ता (अफ लोड) गरेर छानबिन गर्न सीआईबीलाई जिम्मा दिएको थियो। नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका सबैको यात्रा र यात्रा अनुमतिसम्बन्धी कागजात शंकास्पद नपाइएपछि उडान अनुमति दिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिएकोे खबर अन्नपूर्ण पोष्टमा छ।  

 ‘सीआईबीको अनुसन्धानबाट मानव तस्करी तथा अन्य गैरकानुनी गतिविधिसम्बन्धी तथ्य फेला परेन।’ गत शुक्रबार भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। तीमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगेका थिए। रुस पुगेकाहरू शनिबारै काठमाडौँ फर्किसकेका छन्। 

null

 रुस लैजान लागिएकाहरूसँग मानव तस्करीको सम्भावना नदेखिएको खुलेपछि यात्रा अनुमति दिइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। मानव तस्करीको कुनै संकेत अनुसन्धानबाट नदेखिएको सीआईबीका प्रवक्ता एसपी सुदीप गिरीले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *