महिला हिंसा कम गर्न ‘खुल्दुली’ एप्सकाे शुभारम्भ

 

पुस ९, रुपन्देही । किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मोबाइल एप्स तयार गरेको हो । 

null

एप्सको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख उमाशङ्कर चौधरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी एप्समा व्यवस्थापन गरिएकाले किशोरकिशोरी र युवाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे । 

स्वास्थ्य सेवामा आधारभूत मनो–परामर्श दिने, परीक्षण गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामा नभएको सेवाका लागि सेवाग्राहीलाई कहाँ पठाउने भन्ने जानकारी समेत मोबाइल एप्समा रहेको उहाँले जानकारी दिए । “एप्समा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाको समाधान छ, उने भने, “यसको सही प्रयोगले किशोरकिशोरी र युवाले धेरै फाइदा लिन सक्छन् । ” 

मोबाइल एप्सले किशोरकिशोरीको यौन जिज्ञासा मेटाउने हुँदा लैङ्गिक हिंसा र यौन हिंसामा समेत कमी हुने विश्वास व्यक्त गरे । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले किशोरावस्थामा हुने विभिन्न परिवर्तनसँगै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न चासो, चिन्ता र समस्या आउने भएकाले यसको समाधानका लागि यो एप्सले सहयोग गर्ने बताए । 

अधिकांश युवाले किताब, पत्रपत्रिका, बेभसाइट तथा विभिन्न स्रोतबाट लुकिछिपी यौनसम्बन्धी विषय हेर्न पढ्ने गर्छन्, ती सबै सही नहुन सक्छन् । त्यसको सही जानकारीका लागि यो एप्स तयार पारिएको हो,” उहाँले भने, “यो किशोरकिशोरी र युवामैत्री छ ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *