चिसो मौसममा यि कारणले ओठ् फुट्छन्

यो जाडोको मौसममा गर्मी मौसमको तुलनामा धेरै मात्रामा हाम्रा शरिरका अंगहरु हात, खुट्टा, गाला, ओठ् धेरै नै फुट्ने गर्दछ । ओठ् अरु अंगको तुलनामा एकदम संदेशिल अंग हो र यो अंग नै छिटो फुट्ने हुन्छ । ओठ् फुट्दा हामीले धेरै समस्याहरु झेल्नु पर्ने हुन्छ । जस्तो ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने समस्याहरु हुन्छ । 

 

जाडोमा यसकारणले फु्ट्छ ओठ् 

null

धेरै मानिसहरुको बारम्बार जिब्रोले ओठ चाटीरहने बानी हुन्छ यसले पनी ओठ् फुट्ने गर्दछ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ । सुख्खा हावा धुलो चल्ने वा चिसो मौसममा मौसममा सबभन्दा बढी ओठ फुट्नेहुन्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् यस कारण ओठ् फुट्छ । 

यसरी बच्न सकिन्छ ओठ् फुट्नबाट घरबाट बाहिर निस्कनु भन्दा अगाडि कुनै तैलीय पदार्थ जस्तै लिपबाम, दुधकोतर ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा यो तौलिय पदार्थले हाम्रो ओठ् फुट्नबाट बचाउँछ । 

राती सुत्नु भन्दा अगाडी ओठ्मा तौलिय पदार्थ जस्तै गरी ग्लिसिरिनमा कागती र गुलाबजल मिक्स गरेर ओठ, गाला, हात र खुट्टामा लगाउँनाले फुट्ने समस्याहरु बिस्तारै कम हुँदै जान्छ र शरिरको यी अंगहरु जाडोको बेला पनि सुन्दर र चम्किलो देखिन्छ । हाम्रो भान्छा घरमा सजिलै सँग उपलब्ध हुने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठ् मा लगाउनाले पनि अाेठ् फुट्ने समस्याबाट राहत  मिल्छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *