ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०७५ पुस १३ गते

पुस १३, चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् ।
आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ७ ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
null
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७ः३० बजे भएको थियो ।
२०७५ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








