भारतीय गायक गजेन्द्र बर्मा धरान आउँदै

 

पुष २, धरान । अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा पूर्वाञ्चलमै पहिलो पटक धरानमा भारतीय कलाकार गजेन्द्र बर्मा आउने भएका छन् । 

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति तथा रोजन रनपहेली र रबि राईको संयोजकमा आउँदो डिसेम्बर २५ तारिख अर्थात पुष १० गतेका दिन धरान रंगशाला धरान १६ मा ‘गजेन्द्र बर्मा लाइभ इन धरान’ नामक साँगितिक कार्यक्रम हुने भएको छ । 

null

भारतीय साँगितिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक बर्माको पछिल्लो समय ‘तेरा घाटा, मेरा कुछ नहि जाता’ भन्ने गीत सुपरहिट रहेको छ । गायक गजेन्द्रका नेपालमा समेत फ्यान फ्लोवर्स अत्याधिक रहेकोले उनलाई करिब २० लाख रुपैया खर्च गरेर धरान ल्याउने तयारी भएको कार्यक्रमका संयोजक रनपहेलीले जानकारी दिए । 

मंगलबार धरान–१२ रहेको द बर्गर हाउसमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमबाट उठेको रकम धरानका केही पत्रकारहरुको सहयोगमा धरान १७ मा रहेका एकल महिला जानुका बिकको घर निर्माणमाका साथै अनाथ बालबालिकाहरुको क्षेत्रमा समेत खर्च गरिने आयोजको भनाई छ । 

कार्यक्रममा गायक बर्मालाई साथ दिन द अर्थ ब्याण्डका गायक शिव लामिछाने, गायिका आस्था राउतको समेत प्रस्तुति रहने बताइएको छ । कार्यक्रमलाई नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माले सञ्चालन गर्ने छिन् । 

धराने कृपा ब्याण्डका गायक लामिछानेको ‘चाहे माया गर या नगर, पुरानो माया’ गीत अत्याधिक चर्चामा छन् । यता गायिका आस्था राउत भने ‘चौबन्दीमा पटुकी’ बोलको गीतले नेपाली साँगितिक क्षेत्रमा चर्चित छिन । 

कार्यक्रममा करिब ५ हजार दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ भने कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको संयोजक रनपहेलीले जानकारी दिएका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *