१० खेलाडीमा सिमित टोटेनहम आर्सनलसँग पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहम हट्स्परलाई पराजित गरेको छ ।  आइतबार भएको नर्थ लण्डन डर्बी भिडन्त आर्सनलले टोटेनहमलाई ४ – २ ले पराजित गरेको हो ।  

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले एक एक गोल गरे । टोटेनहमका लागि एरिक डायर र ह्यारी केनले एक एक गोल गरे । 

 

null

इमिरेट्स स्टेडियमा अन्तिम समय १० खेलाडीमा सिमित टोटेनहमविरुद्ध आर्सनलले खेलको १० औं मिनेटमा आबुमियाङको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा डायरले गोल गर्दै टोटेनहमलाई १ – १ गोलको बराबरीमा ल्याए ।  त्यसको चार मिनेट पछि नै पाएको पेनाल्टीमा केनले गोल गर्दै टोटेनहमलाई २ – १ को अग्रता दिलाए । 

 

दोस्रो हाफमा भने आर्सनल आक्रामक बन्दै तीन गोल गर्दै सानदार जित निकाल्यो । खेलको ५६ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । 

खेलको ७५ औं मिनेटमा लाकजेट्सले गोल गर्दै आर्सनललाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा टोरियाले गोल गर्दै आर्सनललाई ४ – २ को जित दिलाए । 

 

खेलको ८५ औं मिनेटमा जान भेट्रोनघेनले दोहोरो पहेलो कार्ड पाएपछि टोटेनहम अन्तिम पाँच मिनेट १० खेलाडीमा समेटिएको थियो । 

जितसंगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ । ३० अंक नै जोडेको टोटेनहम पाँचौ स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *