इलेक्ट्रोनिक्स सर्भिस आगलागी हुँदा एघार लाख भन्दा बढीको क्षति

पुस ३ तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । 

आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना २ अ १९३६ नं. को अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *