निर्मलाका न्यायका लागि महेन्द्रनगरमा विप्लव माओवादीको प्रदर्शन

 

मंसिर १६, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीले महेन्द्रनगरमा प्रदर्शन गरेको छ । 

घटनाको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै प्रदर्शन गरी न्याय माग गरेकाे हो । 

null

आइतबार दिउँसो नाराबाजीसहित कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि सुरु भएको जुलुसले महेन्द्रनगर बजार परिक्रमा गरेको छ । 

आइतबार भएको प्रदर्शनका सहभागीहरुले ‘निर्मलालाई न्याय दे, बलात्कारीलाई फासी दे, नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका छन् । 

प्रदर्शनमा विद्यार्र्थी, शिक्षक, अधिकारकर्मी तथा राजनीतिक दलका नेता कार्यकर्ता सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *