घरेलु मैदानमै लिभरपुललाई सकस, इन्जुरी समयमा ओरिगीको निर्णायक गोल

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई १ – ० ले परजित गरेको हो । 

घरेलु मैदानमै टोलिलाई गार्हो परेका बेला डिभोक ओरिगीले निर्णायक गोल गरेपछि लिभरपुल ३ अंक जोड्न सफल भयो। प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा ओरिगीले गोल गरेका थिए । 

घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले थप गोल गर्न सकेन । यस्तै एभर्टनले पाएको केहि सुनौलो मौकामा गोल गर्न सकेन  । 

null

 

जितसंगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दुरी कम गरेको छ । 

लिभरपुलले १४ खेलबाट ३६ अंक जोडेको छ । सिटीको ३८ अंक छ । लिभरपुल लिग लिडर सिटीभन्दा २ अंकले पछि छ । 

एभर्टन २२ अंक जोडेको छैटौं स्थानमा छ  । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *