निर्मलाका निम्ति न्याय: महेन्द्रनगरमा आजपनि प्रदर्शन

 

मंसिर २०, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरमा बिहीबार पनि प्रदर्शन गरिएको छ । 

नागरिक संघर्ष समितिले घोषणा गरेको चार दिने कार्यक्रम अन्तर्गत बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा मानव साङ्लो बनाएर वृहत प्रदर्शन गरिएको हो । 

null

हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता नलागेका कारण सरकारलाई दबाब दिन प्रदर्शन गरिएको हो । 

नागरिक संघर्ष समितिले यसअघि पनि निर्मलाका दोषीलाई कारबाहीको माग गरी सरकारलाई दबाब दिँदै आइरहेको छ । 

चोक चोकबाट सुरु गरिएको मानव साङ्लोसहितको प्रदर्शनमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो । 

यसअघि, संघर्ष समितिले प्रशासन अगाडि कालो पट्टी बाधेर धर्ना बस्नुका साथै हराएको न्याय खोज्ने भन्दै टर्च बालेर विरोध प्रदर्शन गरेका थिए । 

यता काठमाडौँमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो राष्ट्रपति भवन अगाडी कालोपट्टी बाँधेर प्रदर्शन गर्ने १२ जनालाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =