इनरुवा नगरपालिकामाथि भ्रष्टाचारको आरोप, अख्तियारमा उजुरी

 

मंसिर १८, काठमाडौँ । इनरुवा नगरपालिका कार्यालयमा विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिका विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

छानविनका लागि सुनसरीको इटहरीस्थित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा गत आईतबार निवेदन दर्ता भएको छ । सो निवेदनको दर्ता नं. १६२६ रहेको छ । 

null

नगरपालिकामा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको भन्दै जागरुक नागरिक दवाव समुहले छानबिनका लागी निवेदन दिएको हो । सो उजुरीमा समुहका संयोजक पारस मणि यादव र सह संयोजक दिनेश कुमार लम्साल लगायत ११ जनाको हस्ताक्षर रहेको छ । 

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले विभिन्न बाटोमा कालोपत्रे भएको भनेर २५ लाखको बिल भर्पाइ पारीत गरि भुक्तानी लिइएको, तर कालोपत्रे नै नगरी भ्रष्टाचार गरिएको निवेदन सहितको उजुरीमा उल्लेख छ । 

यस्तै नियम विपरीत पेश्की वितरण गरेको, टेण्डर नगरी २५ वटा भन्दा बढी मोटरसाइकल किनेको, जनप्रतिनिधि आएपछि इन्धन खर्च ९ गुणा बढाइएको लगायतका आरोप पनि लगाइएको छ । 

मापदण्ड विपरीत बाटो बनाइएको, सो क्रममा व्यक्तिगत घर, जग्गा बचाउन सार्वजनिक जग्गामा बनेका मन्दिर, पसल भत्काइएको लगायतका रहेको जनाइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *