चेल्सीसँग हार्यो सिटी, गुमायो शीर्षस्थान

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीसंग २ – ० गोल अन्तरको अप्रत्याशित हार व्यहोरेको हो । 

 

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन एन’ गोलो कान्टे र डेभिड लुइजले एक एक गोल गरे । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीविरुद्ध चेल्सीले दुवै हाफमा एक एक गोल गरेका थिए । 

null

 

पहिलो हाफको ४५ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा लुइजले गोल गर्दै चेल्सीलाई २ – ० को सानदार जित दिलाए । 

 

चेल्सीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि सिटीले गोल फर्काउन सकेन र पहिलो हार व्यहोर्न बाध्य भयो । चेल्सीसंगको हारसंगै सिटी शीर्ष स्थानमा उक्लन समेत असफल भएको छ । लिगको १५ खेलसम्म अपराजित रहेको सिटीको १६ औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । 

 

दोस्रो स्थानको सिटीले १६ खेलबाट ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा १ अंकले पछि छ । 

जितसंगै चौथो स्थानको चेल्सीले १६ खेलबाट ३४ अंक जोडेको छ । बिहिबार मात्र वुल्भ्ससंग २ – १ स्तब्ध बनेको चेल्सीले सिटीलाई शिकार बनाएको छ । 

प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले लेष्टर सिटीलाई २ – ० ले हराएको छ । जितसंगै तेस्रो स्थानको टोटेनहमले ३६ अंक जोडेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *