राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, प्रधानमन्त्रीले गरे स्वागत

 

मंसिर २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकाएर स्वदेश फर्किएकी छिन् । 

पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४) मा सहभागी भई राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्किएकी हुन् । 

null

पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकी थिइन् । 

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । 

राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =