इटालियन सिरी एः युभेन्टसको अपराजित यात्रा जारी

एजेन्सी । इटालयन सिरी ए लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै रहेको छ । गए राति भएको लिगको १५औं हप्ताको खेलमा लिगको तेस्रो स्थानमा रहेको बलियो टोली इन्टर मिलानलाई १–० ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रालाई कायमै राखेको हो । 

आफ्नो घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले गोलको खाता खोल्यो । खेलको ६६औं मिनेटमा क्रोएसियन खेलाडी मारियो मान्डुज्कीले गरेको १ मात्रै गोल युभेन्टसको जितका लागि निर्णायक बन्यो । उनले जुवाओ कान्सेलेको पासमा गोल गरेका थिए । 

युभेन्टसले जारी सिजनको १५ खेल खेल्दा १४ खेल जितेको छ भने १ खेल बराबरी गरेको छ । 

null

युभेन्टस अहिले ४३ अंकसहित लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको नापोली ३२ अंकसहित दोस्रो स्थानमा छ भने १५ खेल खेलेको इन्टर मिलान २९ अंक लिएर तेस्रो स्थानमा खुम्चिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *