काठमाडौं किंग्सको विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार

 

मंसिर २४, काठमाडौँ । एभेरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौँ किंग्सले विजयी सुरुवात गरेको छ । 

पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौं किंग्स इलाभेनले विजयी सुरुवात गरेको हो । 

null

सोमबार भएको खेलमा चितवनले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । काठमाडौँका लागि भारतीय खेलाडी सुब्रामन आनन्दले १८ बलमा अविजित ४३ रन जोडे । अमर सिंह रौटेला २१ रनमा अविजित रहे । 

काठमाडौंका लागि सागर पुनले ३९ रन, नरेश बुढाएरले २२ र अमित श्रेष्ठले १८ रन जोडे । चितवनका साहब आलमले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो । 

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन, पल स्टर्लिङले ३४ रन, सन्दीप सुनारले २५ रनको योगदान दिए भने पृथु बास्कोटा २० रनमा अविजित रहे । 

काठमाडौंका संसद सेख र प्रदीप साहुले ३–३ विकेट लिए । 

जितसंगै काठमाडौंले २ अंक जोडेको छ । चितवनले भने लगातार दोस्रो हार व्यहोरेको छ । चितवनले २ खेलबाट अंक जोड्न सकेको छैन । 

यसअघि पहिलो खेलमा चितवन ललितपुर प्याट्रीयट्ससंग ११ रनले पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *