स्टार खेलाडिबिनै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा

एजेन्सी । कल्चरल लियोनेसालाई फराकिलो गोलअन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६मा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले कल्चरल लियोनेसाविरुद्ध ४ – १ को प्रभावशाली नतिजा निकाल्यो । 

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन डेनिस स्वारेजले दुई तथा म्युनिर एल हडादी र माल्कोमले एक एक गोल गरे । लियोनेसाका जोसेप सेनले एक गोल फर्काए ।पहिलो लेग १–० ले जितेको बार्साले दोस्रो लेगको फराकिलो जितसँगै समग्रमा ५ – १ को जित निकाल्यो । 

स्टार खेलाडीहरुलाई विश्राम दिइएको खेलको १८ औं मिनेटमा म्युनिरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । २६ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० बनाए । खेलको ४४ औं मिनेटमा माल्कोमले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३ – ० को अग्रता बनायो । 

null

दोस्रो हाफमा लियोनेसाले एक गोल फर्कायो । खेलको ५४ औं मिनेटमा जोसेपले गोल गरे । तर ७० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ – १ को जित दिलाए । 

बुधबार रातिकै आफ्नो समूहका खेल जित्दै एट्लेटिको मड्रिड, सेभिया, जिरुना,भिया रियल लगायतका क्लबले पनि अन्तिम १६ को यात्रा तय गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *