महानगरद्धारा छात्रालाई प्याड बितरण

मंसिर १६, विराटनगर । विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब सञ्जालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर आयोजना गरेको छ । 

विराटनगर–१८ स्थित जनक आधारभूत विद्यालयमा गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरुले महिनावारीको समयमा विद्यालय नजाने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले बताए । शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हाम्रो समाजमा अहिले पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरु खुलेर बहस हुन नसकेकाले बिभिन्न समस्या निम्ती गरेको बताए । 

null

उपमेयर इन्दिरा कार्कीले विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठनका निम्ति सहज होस् भन्ने उद्देश्यले महिनावारी भएको समयमा सामुदायिक विद्यालयमा नै प्याड लगायतका आवश्यक सरसफाईका सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई बिराटनगर महानगरपालिकाले प्याड वितरण गरेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *