समवेदना सन्देशमा बधाइः लापरबाही गर्नेलाई कारबाही गरिने

पुस १२, काठमाडौँ । इन्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देशको सन्दर्भमा परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले राष्ट्रपतिको सन्देशमा नभइ मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा त्रुटि हुन गएको स्वीकार गर्दै लापरबाही गर्नेमाथि कारबाही सुरु गर्ने भएको छ ।
null
‘सम्माननीय राष्ट्रपतिज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ ।’
‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ । तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रले बुधबार मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा त्रुटि भएपछि सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको थियो ।








