सरकार असफल भयो, आन्दोलनको तयारीमा लागौँः कमल थापा

 

मंसिर १६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल हुँदै गएको भन्दै कार्यकर्तालाई आन्दोलनको तयारीमा लाग्न निर्देशन दिएका छन् । 

काठमाडौँ क्षेत्र नम्बर ५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकमा आइतबार बिहान अध्यक्ष थापाले यस्तो निर्देशन दिएका हुन् । उनले संगठन सुदृढीकरण अभियानलाई तीव्र पार्दै लैजान पनि निर्देशन दिए । 

null

थापाले पार्टीले देश, जनता र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्न आवश्यक रहेकाे बताए । 

अध्यक्ष थापाले विगतका गल्ती, त्रुटि र कमजोरीलाई सच्याउँदै पार्टी र नेतृत्व बारेमा फैलाईएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन बिस्तारतर्फ ध्यान दिन आग्रह गरे। 

सो अवसरमा पार्टीका नेताहरु भुवन पाठक, विक्रम थापा, प्रा.डा. गिताभक्त जोशी, राजाराम बर्तौला, भरत पाठक, सुनिता कुरुम्वाङ, सिर्जना रानी बर्मा, विजय खड्का, नबराज सिंखडा, केशव रेग्मी, सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *