निर्मलाका लागि न्याय माग्दै तरुण दलले बुझायो ज्ञापनपत्र

 

मंसिर १७, काठमाडौँ । नेपाल तरुण दलले संघीय सरकार गठन भएपश्चात् मुलकमा संवैधानिक सर्वोच्चताको प्रत्याभुति हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

मुलुकमा जनादेश अनुरुप आर्थिक सम्बृद्धि र विकासका गतिविधहरुले गति लिन नसकेको तथा जनतालाई कानुनी राज्यको प्रत्याभुति हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

null

नेपाल तरुण दल जिल्ला कार्य समिती सुनसरीले निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या गर्ने अपराधिको पहिचान गरी अबिलम्ब पक्राउ गरेर कानुन बमोजिम हदैसम्मको सजाय दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

सरकारका पछिल्ला गतिविधि र कारवाहीको विरोध गर्दै तरुण दलले पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको नेपाल तरुण दल, जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष सिजन गुरुङले जानकारी दिए । 

 

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा मूल्यवृद्धि, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, बाइडवडी जहाज खरिदमा भएको अरबौँ भ्रष्टाचारको सत्यतथ्य छानविन गर्नुपर्ने, राष्ट्रपतिको विलासी गाडी खरिद गर्ने निर्णय फिर्ता लिनुपर्ने र जनताको जिउधनको सुरक्षा लगायतका माग गरिएको छ । 

तरुण दलले तत्कालीन सरकारले निर्मला पन्तको हत्याराको पहिचान गरिसकेपनि कारवाही नगरी सरंक्षण गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको छ ।  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *