ए डिभिजन लिगः उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

मंसिर २०, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी गोलरहित बराबरीमा रोकिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको हो । 

खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । 

null

यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ । 

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *