महानगरद्वारा कोशी अञ्चल अस्पताललाई ५ थान एसी सहयोग

मंसिर १८, विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा एसीको अभावमा प्रसुतिसेवा प्रभावित भएपछि विराटनगर महानरपालिकाले ५ थान एसी अस्पताललाई सहयोग गरेको छ । 

महानगरपालिकाले ३ लाख ५० हजार मूल्य बराबरको एसी अस्पताललाई हस्तान्तरण गरेको हो । 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रोशन पोखरेललाई अस्पताललाई आवश्यक पर्ने ५ थान एसी हस्तान्तरण गरेका हुन् । 

null

मेसु पोखरेलले अस्पतालको बच्चा वार्ड तथा लेबर रुममा एसी नभएकाले प्रसूति गराउन आएका महिलाहरुलाई समस्या हुने गरेको बताएपछि महानगरपालिले एसीको व्यवस्था गरेको प्रमुख पराजुलीले जानकारी दिए । उनले थप २ वटा एसी महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । 

यसैगरी महानगरपालिकाले कोशी अञ्चल अस्पतालको ढल व्यवस्थापनका लागि १० लाख रुपैयाँ छुट्टयाइसकेको उनले जानकारी दिए । एसी अस्तान्तरण कार्यक्रममा महानगर प्रमुख पराजुली र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले प्रसूती तथा बच्चा वार्डको अनुगमन गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *