ए डिभिजन लिगः पुलिसले हार टार्न सकेन, संकटा दोस्रो स्थानमा उक्लियो

मंसिर १८, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको दोस्रो खेलमा सिएमजी संकटाले जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै संकटाले जित हात पारेको हो । जितसँगै संकटा लिगकाे दोस्रो स्थानमा उक्लिएको छ । 

संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गरे । पुलिसका रबी पासवानले एक गोल फर्काए तर टिमलाई जित दिलाउन सकेनन् । 

null

खेलको २९ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा दिपेश आले मगरले गोल गरेपछि संकटाले २–० को अग्रता बनायो । खेलमा संकटाका सरोज म्यान अफ दि म्याच चुनिए । 

जितसंगै संकटाले ६ खेलबाट १५ अंक जोडेको छ । लिगमा १० अंक जोडेको नेपाल पुलिस पाँचौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *