आज शेयर बजारमा भारी गिरावट

 

१६ मंसिर, काठमाडौं । आज सेयर बजारमा भारी गिरावट भएकाे छ । आज आइतबार सेयर बजार १७ दशमलव ७३ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ संख्याले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आज जम्मा १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनकारी दिएको छ । 

सबैभन्दा बढी कारोबार आज नेपाल बैंकको भएको छ । लगभग ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार नेपाल बैंकले गरेको छ । 

null

आज धेरै घट्नेमा बीमा कम्पनीहरुको सेयर देखिएको छ भने आज व्यापार समूहबाहेक अन्य सबै समूहका परिसूचकहरु ओरालो लागेका छन् ।  

कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ । सो उपसमूह २.९६ संख्याले बढेको छ । यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ संख्याले घटेको हो । 

तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स,बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *