धरानका विद्यालयहरुमा प्रिमियर शो गर्दै चलचित्र ‘समय’

 

मंसिर १९, धरान । धरानका निर्माता विशाल श्रेष्ठद्धारा निर्माण गरिएको नेपाली चलचित्र ‘समय’ को यही मंसिर २१, २३ र २४ गते धरानका विभिन्न संस्थागत विद्यालयहरुमा प्रिमियर सो हुने भएको छ । 

क्रितान्सु फिल्मस् प्रालिले निर्माण गरेकोे सामाजिक तथा विद्यालय जीवनमा आधारित चलचित्र ‘समय’ काे प्रिमियर सो गर्न लागिएकाे चलचित्रका कार्यकारी निर्माता विशाल र शर्मिला श्रेष्ठले जानकारी दिएका हुन् । 

null

विशाल र शर्मिला श्रीमान् श्रीमती हुन् । सामाजिक परिवेशमा विद्यालयमा पढ्ने बालबालिका र अभिभावकले समयको गति बुझ्न नसक्दा पर्ने असर र तीनका समाधानका उपायका बारेका सो चलचित्र केन्द्रीत रहेको चलचित्रका निर्देशक सुरेन्द्र शाहले जानकारी दिए । 

 

हालै निर्माण गरिएको उक्त चलचित्र बालबालिकाले समयलाई र तीनका अभिभावकले समय र तीनका बालबच्चाहरुलाई चिन्नुपर्ने विषयमा केन्द्रीत छ । 

यो चलचित्र विशुद्ध सामाजिक सचेतना दिलाउनका लागि निर्माण गरिएको र सामाजिक तथा समय वृतान्तमा आधारित रहेको निर्देशक शाहको दाबी छ । 

सम्मेलनमा शाहले हाम्रो यो सानो प्रयास हो, यस चलचित्रलाई हामीले स्वदेश तथा विदेशमा समेत प्रदर्शन गर्ने योजना बनाएका छौं भने । 

चलचित्रको मुख्य उद्देश्य समाजलाई खबरदारी गर्दै स्कुले बालबालिकालाई विद्यालायदेखी घरसम्मको वातावरणमा सहयोग पुर्याउने रहेको छ । चलचित्रमा मुख्य कलाकार आफनै छोरा उनकै छोरा शैब श्रेष्ठलाई राखिएको बताए । 

चलचित्रमा अन्य कलाकारहरु मोनिका दाहाल, सुरेन्द्र शाह, विशाल श्रेष्ठ छन् । चलचित्रको कथा डि.के ढुंगानाले लेखेका हुन् भने संगीत राजेश कुमार श्रेष्ठले भरेका छन् । चलचित्रको सम्पादन तारा थापा किम्भेले गरेका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रको मुख्य भुमिकामा रहेका बाल बलाकार शैब श्रेष्ठले कम उमेरमा नै चलचित्रमा खेल्न पाएकोमा खुशी व्यक्त गर्दै बालबालिकाहरुलाई अवसर दिन सके उनीहरु समाजमा केहि गर्न सक्ने दाबी गरे । १४ वर्षीय श्रेष्ठ हाल कक्षा ९ मा अध्ययनरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =