चेल्सी तेस्रो स्थानमा उक्लियो, सिटी र लिभरपुलमाथि दबाब

एजेन्सी ।  फुल्हमलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । २-० को जित निकालेको लण्डन क्लबले शीर्ष स्थानको म्यान्चेष्टर सिटी र लिभरपुलमाथि दबाब बढाएको हो । 

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चौथो मिनेटमा पेड्रोको गोलबाट चेल्सीले अग्रता लिएको थियो । कान्टेको पासलाई सदुपयोग गर्दै पेड्रोले गोल गरे। 

 

null

खेलको ८२ औ मिनेटमा रुबेन लोफटस चेकले गोल गर्दै लण्डन क्लबको जित सुनिश्चित गरे । चेल्सी १४ खेलबाट ३१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

म्यान्चेष्टर सिटी १४ खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ३३ अंक सहित दोस्रो स्थानमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *