यि कारणले जन्मन्छन्  जुम्ल्याहा बच्चा

सामान्यतया एउटा गर्भवती महिलाले एउटा बच्चा जन्माउने गर्छन् । तर, कहिलेकाहीँ एकभन्दा बढी बच्चा पनि जन्मने गरेको हामीले सुनेको छौँ या देख्ने गरेका छौँ । जुम्ल्याहा बच्चा जन्मनु आमा र बुवाको उत्तिकै भूमिका रहेको हुन्छ । कतिपय महिलामा एउटा बच्चा जन्माउने क्षमता पनि नभएको अवस्थामा कति महिलामा भने एक भन्दा बढी बच्चा जन्माउने सक्ने क्षमता हुन्छ । कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । यो एउटा वंशाणुगत कारण पनि हुन सक्छ जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ दुई सय ५० जना गर्भवती महिलामध्ये एकमा जुम्ल्याहाको सम्भावना बढी हुने गरेको हुने एक अनुसन्धानले देखाएका छन् । 

 

इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्टट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रूणको स्थानान्तरण गरिन्छ । एक अनुसन्धानका अनुसार बढी उमेरका स्त्रीहरुमा जुम्ल्याहा बच्चा हुने सम्भावना एकदम बढी रहेको हुन्छ किनभने, बढी उमेरका महिलाले एकभन्दा बढी डिम्बको निर्माण गर्छन् । यो एउटा वंशाणुगत कारण पनि हो । 

null

यस कारण फरक देखिन्छन्महिलाको गर्भाशयमा फरक–फरक डिम्ब निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छ । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् । 

यस कारण समान देखिन्छन्कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप रंग एकै प्रकारको हुन्छ । डिम्ब एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ । तर, केही समयपछि यस्तो डिम्ब दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकै प्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *