प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनवाई आइतबार

पुस १३, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध परेको उजुरीमाथि छलफल गर्न पुस १५ गते बैठक बोलाएको छ । 

शुक्रबार बसेको समितिको बैठकले राणाविरुद्ध परेको ९ वटा उजुरीमाथि छलफल गर्न पुस १५ गतेका लागि बैठक बोलाएको हो । 

न्याय सम्पादनका क्रममा राणाले विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेकाले उनको सम्पत्ति छानबिन हुनुपर्ने उजुरीमा माग छ । 

null

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। 

संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको गरेको थियो। 

समितिले बिहीबार मात्रै उनीविरुद्ध परेका उजुरी खोलेको थियो। समितिले नाम अनुमोदन गरेपछि राणा नेपालको २८ औँ प्रधानन्यायाधीश बन्नेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *