इन्धनको मूल्यवृद्धिका कारण फ्रान्समा उग्र प्रदर्शन

 

मंसिर १६ । फ्रान्सको राजधानी पेरिसमा मूल्यवृद्धि विरुद्ध भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । प्रर्दशनका क्रममा १ जना प्रर्दशनकारीको मृत्यु भइसकेको छ भने १ सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परिसकेका छन् ।  

तीन हप्तादेखिको निरन्तर प्रदर्शनले उग्र रुप लिएको हो । आन्दोलनकारीहरुले गरेको चर्को प्रदर्शनलाई रोक्न प्रहरीलाई हम्मे हम्मे परेको देखिन्छ । आन्दोलनमा ३६ हजारभन्दा धेरै नागरिक सहभागि भएका छन् । 

null

नियन्त्रणका लागि प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेको तस्विरमा देख्न सकिन्छ । 

 

त्यस्तै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले उग्र विरोध प्रदर्शनको निन्दा गरेका छन् । प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने उनले बताए । 

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले भने सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने अडान राखेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *